शिक्षा मनोविज्ञान

विभिन्न सेवा आयोगको तयारीमा रहनु भएका मित्रहरूका लागि शिक्षा मनोविज्ञान सम्बन्धी केहि कहत्वपूर्ण बुद्धाहरू उल्लेख गरिएको छ।

Psyche + Logos = Psychology

Soul +    Science = Science of Soul

  • आत्माको विज्ञानः प्राचीन समय देखि सन् ५०० सम्म (Democrities, Plato, Aristotle)
  • मन/मस्तिष्कको विज्ञानः सन् ५०० देखि १५०० सम्म (Descrates, Kant, Leibniz)
  • चेतनाको विज्ञानः सन् १५०० देखि १९०५ सम्म (Wilhem Wundt, Freud, William James)
  • मनोविज्ञानका पिताः Wilhelm Wount
  • व्यवहारको विज्ञानः सन् १९०५ देखि हालसम्म (MC Dougall, Pillsdary, J.B. Watson)
  • प्रसिद्ध मनोवैज्ञानिकः B.F. Skinner
  • व्यबहारवादी मनोविज्ञानका पिताः J B Watson
  • विकासात्मक मनोविज्ञानका पिताः Jean Piaget
  • मनोविज्ञानका चार पिताः Alfred Adler, Sigmund Freud, Cal Jung and B F Skinner
  • मनोविज्ञानको पहिलो पुस्तकः Principle of Psychology-William James (1890)
  • मनोविज्ञान स्वतन्त्र विधाको रुपमा विकास भएकोः सन् १८७९ बाट

परिभाषाः

  • मनोविज्ञान व्यवहार र अनुभवको विज्ञान हो – B. F. Skinner
  • मनोविज्ञान व्यवहारको विज्ञान हो – J. B. Watson
  • मनोविज्ञान आचरण र व्यवहारको सकारात्मक विज्ञान हो – Mc. Dougall
  • मनोविज्ञान प्राणी र वातावरणबीचको आपसी अन्तरक्रिया अध्ययन गर्ने विज्ञान हो – Murphy
  • मनोविज्ञान भनेको मानव व्यवहार मानव सम्बन्धको अध्ययन हो – Crow and Crow

शिक्षा मनोविज्ञानको अर्थ

  • मनोविज्ञानको सैद्धान्तिक पक्षलाई शैक्षिक क्षेत्रमा प्रयोग गर्नुलाई शैक्षिक वा शिक्षा मनोविज्ञान भनिन्छ ।
  • मनोवैज्ञानिक सिद्धान्तलाई शिक्षामा प्रयोग गर्ने र शैक्षिक समस्याको समाधान गर्ने मनोविज्ञानको शाखा शिक्षा मनोविज्ञान हो ।
  • शिक्षा मनोविज्ञानले शिक्षण सिकाइलाई प्रभावकारी, रुचिपूर्ण, अर्थपूर्ण, उद्देश्यपूर्ण बनाउन सिकारुका मानसिक एवम् शारीरिक विकास र क्रियाकलापहरुको अध्ययन गर्छ ।

         शिक्षा मनोविज्ञानका परिभाषा

  • शैक्षिक मनोविज्ञान मनोविज्ञानको त्यो शाखा हो जसले शिक्षण र सिकाइको बारेमा व्याख्या गर्छ- B. F. Skinner
  • शिक्षाको विज्ञान नै शैक्षिक मनोविज्ञान हो – E. A. Peel
  • व्यक्तिले जन्मदेखि वृद्धावस्थासम्म प्राप्त गरेका सिकाइ अनुभवको व्याख्या नै शैक्षिक मनोविज्ञान हो – Crow and Crow
  • बालकको शैक्षिक वृद्धि र विकासको व्यवस्थित अध्ययन नै शैक्षिक मनोविज्ञान हो – Stephen

शिक्षा मनोविज्ञानको क्षेत्र

  • सिकारुको पहिचान
  • सिकाइ प्रक्रियाको पहिचान
  • सिकाइ प्राप्तिको मूल्याङ्कन

शिक्षा मनोविज्ञानको आवश्यकता र महत्त्व

  • शिक्षा मनोविज्ञानले शैक्षिक समस्याहरूको पहिचान गर्न सहयोग गर्छ
  • शिक्षा मनोविज्ञानले शैक्षिक समस्याहरूको समाधान गर्न सहयोग गर्छ
  • सिकाइ प्रक्रियाको जानकारी दिएर सिकाइका विधि तथा तरिकाहरू प्रयोग गर्न सहयोग गर्छ
  • सिकारूको रुचि, क्षमता, आवश्यकता बुझेर सोहि अनुसार शिक्षण सहजीकरण गर्न सहयोग गर्छ
  • सिकाइका सिद्धान्तहरुलाई कक्षाकोठामा प्रयोग गर्न सहयोग गर्छ
  • शिक्षा मनोविज्ञानले व्यक्तिगत भिन्नता पहिचान गरेर शिक्षण गर्न सहयोग गर्छ
  • शिक्षा मनोविज्ञानले पुरस्कार, दण्ड, पृष्ठपोषण, उत्प्ररेणा र पुनर्बलको प्रयोग गर्न सहयोग गर्छ
  • शिक्षा मनोविज्ञानले शिक्षाका उद्देश्य निर्धारण गर्न, पाठ्यक्रम निर्माण गर्न सहयोग गर्छ
  • शिक्षा मनोविज्ञानले शिक्षाका सबै पक्षमा सुधार गर्न र सरोकारवालालाई पनि शिक्षामा योगदान गर्न प्रेरित गर्छ

Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »