विभिन्न सेवा आयोगको तयारीमा रहनु भएका मित्रहरूका लागि शिक्षा मनोविज्ञान सम्बन्धी केहि कहत्वपूर्ण बुद्धाहरू उल्लेख गरिएको छ।
Psyche + Logos = Psychology
Soul + Science = Science of Soul
- आत्माको विज्ञानः प्राचीन समय देखि सन् ५०० सम्म (Democrities, Plato, Aristotle)
- मन/मस्तिष्कको विज्ञानः सन् ५०० देखि १५०० सम्म (Descrates, Kant, Leibniz)
- चेतनाको विज्ञानः सन् १५०० देखि १९०५ सम्म (Wilhem Wundt, Freud, William James)
- मनोविज्ञानका पिताः Wilhelm Wount
- व्यवहारको विज्ञानः सन् १९०५ देखि हालसम्म (MC Dougall, Pillsdary, J.B. Watson)
- प्रसिद्ध मनोवैज्ञानिकः B.F. Skinner
- व्यबहारवादी मनोविज्ञानका पिताः J B Watson
- विकासात्मक मनोविज्ञानका पिताः Jean Piaget
- मनोविज्ञानका चार पिताः Alfred Adler, Sigmund Freud, Cal Jung and B F Skinner
- मनोविज्ञानको पहिलो पुस्तकः Principle of Psychology-William James (1890)
- मनोविज्ञान स्वतन्त्र विधाको रुपमा विकास भएकोः सन् १८७९ बाट
परिभाषाः
- मनोविज्ञान व्यवहार र अनुभवको विज्ञान हो – B. F. Skinner
- मनोविज्ञान व्यवहारको विज्ञान हो – J. B. Watson
- मनोविज्ञान आचरण र व्यवहारको सकारात्मक विज्ञान हो – Mc. Dougall
- मनोविज्ञान प्राणी र वातावरणबीचको आपसी अन्तरक्रिया अध्ययन गर्ने विज्ञान हो – Murphy
- मनोविज्ञान भनेको मानव व्यवहार मानव सम्बन्धको अध्ययन हो – Crow and Crow
शिक्षा मनोविज्ञानको अर्थ
- मनोविज्ञानको सैद्धान्तिक पक्षलाई शैक्षिक क्षेत्रमा प्रयोग गर्नुलाई शैक्षिक वा शिक्षा मनोविज्ञान भनिन्छ ।
- मनोवैज्ञानिक सिद्धान्तलाई शिक्षामा प्रयोग गर्ने र शैक्षिक समस्याको समाधान गर्ने मनोविज्ञानको शाखा शिक्षा मनोविज्ञान हो ।
- शिक्षा मनोविज्ञानले शिक्षण सिकाइलाई प्रभावकारी, रुचिपूर्ण, अर्थपूर्ण, उद्देश्यपूर्ण बनाउन सिकारुका मानसिक एवम् शारीरिक विकास र क्रियाकलापहरुको अध्ययन गर्छ ।
शिक्षा मनोविज्ञानका परिभाषा
- शैक्षिक मनोविज्ञान मनोविज्ञानको त्यो शाखा हो जसले शिक्षण र सिकाइको बारेमा व्याख्या गर्छ- B. F. Skinner
- शिक्षाको विज्ञान नै शैक्षिक मनोविज्ञान हो – E. A. Peel
- व्यक्तिले जन्मदेखि वृद्धावस्थासम्म प्राप्त गरेका सिकाइ अनुभवको व्याख्या नै शैक्षिक मनोविज्ञान हो – Crow and Crow
- बालकको शैक्षिक वृद्धि र विकासको व्यवस्थित अध्ययन नै शैक्षिक मनोविज्ञान हो – Stephen
शिक्षा मनोविज्ञानको क्षेत्र
- सिकारुको पहिचान
- सिकाइ प्रक्रियाको पहिचान
- सिकाइ प्राप्तिको मूल्याङ्कन
शिक्षा मनोविज्ञानको आवश्यकता र महत्त्व
- शिक्षा मनोविज्ञानले शैक्षिक समस्याहरूको पहिचान गर्न सहयोग गर्छ
- शिक्षा मनोविज्ञानले शैक्षिक समस्याहरूको समाधान गर्न सहयोग गर्छ
- सिकाइ प्रक्रियाको जानकारी दिएर सिकाइका विधि तथा तरिकाहरू प्रयोग गर्न सहयोग गर्छ
- सिकारूको रुचि, क्षमता, आवश्यकता बुझेर सोहि अनुसार शिक्षण सहजीकरण गर्न सहयोग गर्छ
- सिकाइका सिद्धान्तहरुलाई कक्षाकोठामा प्रयोग गर्न सहयोग गर्छ
- शिक्षा मनोविज्ञानले व्यक्तिगत भिन्नता पहिचान गरेर शिक्षण गर्न सहयोग गर्छ
- शिक्षा मनोविज्ञानले पुरस्कार, दण्ड, पृष्ठपोषण, उत्प्ररेणा र पुनर्बलको प्रयोग गर्न सहयोग गर्छ
- शिक्षा मनोविज्ञानले शिक्षाका उद्देश्य निर्धारण गर्न, पाठ्यक्रम निर्माण गर्न सहयोग गर्छ
- शिक्षा मनोविज्ञानले शिक्षाका सबै पक्षमा सुधार गर्न र सरोकारवालालाई पनि शिक्षामा योगदान गर्न प्रेरित गर्छ
