गणित शिक्षणमा शैक्षणिक बिधिहरुको प्रयोगको अबस्था

तिलक बहादुर खत्री, जाजरकोट
लेखसार
गणित शिक्षण लाई प्रभावकारी रुपमा शिक्षण गर्न शैक्षणिक बिधिहरुले शिक्षकहरुलाई सहयोग गर्दछन् । बालबालिकाको सर्वाङगीण बिकास गर्न र कक्षाकोठामा गुणात्मक सुधार गरी गणित बिषयको नतिजालाई वृद्धि गर्न शैक्षिक सिकाई प्रक्रियामा मेरुदन्डको रुपमा शैक्षणिक बिधिको महत्वपुर्ण भुमिका रहेको हुन्छ । शिक्षण सिकाई प्रक्रियाको कारणले बिद्यालय तहको गणित बिषयको सिकाई उपलब्धि दिनप्रतिदिन खस्किदो अबस्थामा छ । गणित बिषय प्रति नकारात्मक धारणाको बिकास हुनुको साथै गणित बिषय कठिन बिषको रुपमा चिनिन पुगेको छ । अतः गणित बिषयलाई उपयुक्त बिधिको प्रयोग गरि दैनिक जिवनका समस्याहरु सँग संम्बन्धित क्रियाकलापलाई जोडेर शिक्षण गर्नु पर्दछ । यो लेख बिद्यालयतहमा गणित शिक्षणमा कस्ता कस्ता बिधिहरुको प्रयोग कक्षा कोठामा गरिएको छ, भन्ने बिषयमा आधारित छ ।
शब्दावली
गणित शिक्षण, शैक्षणिक बिधि, ब्याख्यान, खोजबिधि, प्रयोगात्मकबिधि, क्षेत्र भ्रमण, अन्बेषण
परिचय
कक्षा शिक्षण गर्दा शिक्षकले बिद्यार्थीसंग गर्ने बिधिलाई शैक्षणिक बिधि भन्न्छि । यो शिक्षकले बिद्यार्थिलाई बिभिन्न ज्ञान र सिप सिकाउन प्रयोग गर्ने बिधि हो ( शर्मा एण्ड शर्मा, २०७१ पे.१४५) कक्षाकोठा भित्र वा बाहिर शिक्षक र बिद्यार्थीका बिचमा गणित शिक्षणको क्रममा संञ्चालन गरिने शिक्षण सिकाई क्रियाकलापलाई शिक्षण बिधि भनिन्छ (पण्डित,२०६९पे.१५४)। शिक्षण बिधि शिक्षकले अपनाउने कक्षा कार्यालयको संगठन तथा प्रस्तुतिकरणको ढाँचा हो । यसको एकातिर शैक्षिक उदेश्य हुन्छ भने अर्को तिर परिणाम र मुल्य हुन्छ । त्यसैले शिक्षकले आफुले सिकाउने बिषयबस्तुको माग परिस्थिति, उपलब्ध भौतिक सामाग्री ,बिद्यार्थीको स्तर , रुचि अनुसारको शिक्षण बिधि छनौट गर्नुपर्छ ( पण्डित २०६८,पे ९४)। गणित शिक्षणमा ब्याख्यान बिधि खोजबिधि अन्बेषण तथा समस्या समाधान बिधि, बिष्लेशणात्मक र संष्लेशणात्मक बिधि, आगमण तथा निगमण बिधि र प्रयोगात्मक बिधि जस्ता उपयोगी शिक्षण बिधिहरु छन् ( पण्डित ६९ पे. १५८)। माध्यामिक तहको पाठ्यक्रम २०७२ का अनुसार गणितको कुनै पनि क्षेत्रका बिषयबस्तु , गणितिय ज्ञान र सिपको बिकास गर्न शिक्षण सिकाईको क्रममा बिषयबस्तुको प्रकृतिअनुसार निम्नलिखित शिक्षण बिधिको प्रयोग गर्न जोड दिईएको छ ।
१) आगमण तथा निगण बिधि २) प्रदर्शन बिधि
३) अबस्था अध्ययण परियोजना कार्य ४) सहयोगि बिधि
५) सहपाठिहरु बाट सिकाई समुह कार्य ६) शंस्लेशन र बिस्लेशन बिधि
७) समस्या समाधान बिधि ८) क्षेत्र भ्रमण
९) प्रयोगात्मक बिधि १०) प्रस्नोत्तर तथा छलफल बिधि आदि
कक्षाकोठामा शिक्षकले गणितिय बिषयबस्तुलाई बिद्यार्थी समक्ष कसरी पुर्याउने र बिद्यार्थीले कसरी ग्रहण गर्न सक्दछ । यो एक महत्वपुर्ण कुरा हो । बिद्यार्थिहरुलाई कुनै पनि गणितिय समस्याको समाधान संगै यो किन गरिरहेका छौ ? यो समस्या लाई किन यसरी समाधान गरिएको हो ? अन्य बिधिबाट पनि समस्याको समाधान गर्न सकिन्छ कि ? आदि प्रश्नको उत्तर दिन सक्षम बनाउने दायित्व शिक्षकको हो । यसरी आधुनिक बिधिबाट शिक्षण नगरेकाले गणित बिषयको नतिजा एकदमै कमजोर रहेको छ । त्यसकारण यो अध्ययण बिद्यालय तहको कक्षा कोठामा गणित शिक्षणमा कस्ता कस्ता शिक्षण बिधिहरुको प्रयोग भैरहेको छ, भन्ने बिषयमा केन्द्रित रहेको छ । यो अध्ययणको उदेश्य गणित शिक्षणमा शैक्षणिक बिधिहरुको बर्तमान अबस्थाको पहिचान गरेर शिक्षकले भोग्नुपरेका समस्याहरु तथा समाधानका उपायहरु पत्ता लगाउने रहेको छ ।
अध्ययन बिधि
यो लेख गुणात्मक र परिमाणात्मक ढाँचामा आधारित छ । जाजरकोट जिल्लाका आधारभुत तहका ५ जना तथा माध्यामिक तहका ५ जना सहित जम्मा १० जना गणित बिषय शिक्षक र संम्बन्धित बिद्यालयका प्रधानाध्यापकहरुलाई यो अध्ययनको नमुनाको रुपमा छनौट गरिएको छ । तथ्याक को संकलनका लागि अन्र्तरवार्ता , प्रश्नावली र रुजु सुचि आदीलाई साधनको रुपमा प्रयोग गरिएको छ । गणित बिषय शिक्षकको कक्षा अवलोकन , रुजु सुचिलाई तथ्याक संकलनमा प्रयोग गरिएको थियो । कक्षा अवलोकन पछि संम्बन्धित गणित बिषयका शिक्षक र प्रधानाध्यापक संग अर्धसंरचित अन्तरवार्ता र प्रश्नहरुको प्रयोग गरि गुणात्मक तथ्याक संकलन गरिएको थियो ।
नतिजा बिष्लेशन
प्रथमिक स्रोतबाट सङ्कलन गरीएका बिभिन्न तथ्याङ्कहरुको बिष्लेशन गरिएको छ । नतिजाहरुलाई निम्न शिर्षकमा प्रस्तुत गरिएको छ ।
गणित कक्षाकोठामा शैक्षणिक बिधिहरुको प्रयोगको वर्तमान अबस्था
कक्षाकोठामा शैक्षणिक प्रबिधिहरुको उपयुक्त तवरले प्रयोग गर्न सकेमा गणित बिषय सजिलो बिषयको रुपमा चिनिने छ । पाठ्यक्रमले निर्माण गरेको वा तोकेको शिक्षण बिधिहरुको प्रयोग कलात्मक रुपमा गर्नुपर्दछ ।कक्षाकोठा अवलोकणको क्रममा शिक्षकले हचुवाको भरमा शिक्षण गर्ने गरेको पाईयो । प्रधानाध्यापकको अनुमति लिएर गणित बिषयको पिरियडमा मा बि १ र आधारभुत तहको एउटा गरी कक्षाकोठा शिक्षण क्रियाकलापका क्रममा दुईजना शिक्षकको १÷१ कक्षा अवलोकण गरियो ।यस क्रममा शिक्षकले योजाना बिना शिक्षण गरेको पाईयो । कुनै पनि शिक्षकले लिखित पाठयोजना बिना शिक्षण गरेको पाईयो । १० जना मध्ये २ जनाले केहि सामाग्री र बाँकीले दैनिक शैक्षिक सामागी्र मात्र प्रयोग गरेको पाईयो ।यो अध्ययणको क्रममा २ जनाले निगमण बिधि ४ जनाले छलफल बिधि ,१जनाले समस्या समाधान बिधि र २ जनाले प्रश्नोत्तर बिधिको प्रयोग गरि शिक्षण गरेको पाईयो । उक्त सर्बेक्षणका क्रममा शिक्षक केन्द्रित बिधिको प्रयोग गरेको पाईयो । शिक्षण सिकाई क्रियाकलापमा बिद्यार्थी निष्कृए स्रोताको रुपमा सहभागि भएको पाईयो । क्रियाकलाप प्रबचनात्मक र निर्देशनात्मक भएकोले केहि चलाख बिद्यार्थीले मात्र सक्रियता देखाएको, परम्परागत बिधिको प्रयोग गरेको ,घोकन्ते शिक्षा प्रणाली बाँकी रहेको र आधुनिक शिक्षण बिधिहरु बिद्यार्थि केन्द्रत बिधि जस्तै परियोजना बिधि, खोज बिधि, प्रयोगात्मक बिधि प्रदर्शनि बिधि , सहकार्य बिधि आदि प्रयोग नगरेको कुरा कक्षा अबलोकण र अन्तरवार्ताको क्रममा पाईयो । अतः शिक्षकले गणितिय बिषय बस्तु रमाईलो र चाख लाग्दो तरिकाले बिद्यार्थिको सिर्जनशिताको बिकास रमाई रमाई गणित बिषय सिक्ने बातावरण नभएको तथा दैनिक जिवनमा ब्याबहारिक समस्या समाधान गर्ने किसिमका क्रियाकलापहरु प्रयोग गरि सहजिकरण गर्नुपर्नेमा त्यसो नगरेको पाईयो ।
गणित शिक्षणमा शिक्षकले भोग्नु परेका समस्याहरु
कुनै काममा कामदारको अन्तर आत्मादेखि ईच्छा जागेर गरेमा पुर्ण बन्छ । आन्तरिक उत्प्रेरणाले कार्य गर्न उर्जा पैदा गर्दछ । बिद्यालय तहमा गणित शिक्षण गर्न शिक्षकले बिभिन्न कठिनाइको सामना गर्नुपरिरहेको छ । ब्यावसायिक क्षमताको बिकास गर्न आफ्नो कार्यलाई कुशलता पुर्बक गुणस्तरियता कायम गर्ने शिक्षकको चाहाना रहेको हुन्छ । यद्यपि बिभिन्न समस्याको कारण गणित शिक्षणका शैक्षिक प्रबिधिको सफलता पुर्वक प्रयोग गर्न नसकेको पाईयो । यस्ता समस्याहरु निम्न अनुसार छनः
१) शिक्षकको क्षमता र तयारी
शिक्षकले आफ्नो कार्यलाई सफल बनाउन खोज अनुसन्धान र अध्ययण नगर्नु तथा अध्यापन गर्न शैक्षिक योजना तयार गर्ने कार्य नगर्नु मुख्य समस्या रहेको छ । यो शिक्षकको आन्तरिक समस्या हो ।
२) कार्य बोझ
शिक्षा नियमावली २०५९ अनुसार सामुदायिक बिद्यालयका शिक्षकले हप्तामा कम्तिमा २४ पिरीयड अध्यापन गर्नुपर्ने ब्यबस्था रहेको छ । यो भन्दा हप्तामा ४० पिरीयड सम्म पढाउनु पर्ने बाध्यता रहेको छ । त्यस कारण कार्यबोझ प्रभावकारी शिक्षणमा समस्याको रुपमा रहेको छ ।
३) सामाग्रीको अभाव
शिक्षा निरन्तर परिवर्तन भईरहने बिधा हो । अध्ययनको लागि पाठ्यक्रमको मात्र साहायता लिनु पर्ने बाध्यता छ । शिक्षक र बिद्यार्थीलाई सुचना प्रबिधिको प्रयोग स्मार्टबोर्डको प्रयोग त कला हो कता सन्दर्भ पुस्तक ,जर्नल तथा शिक्षक निर्देशिका सम्म नभएको अबस्था छ । प्रयोगात्मक रुपमा शिक्षण गर्न गणित प्रयोगशाला कुनै पनि बिद्यालयमा छैनन् । सामान्य कम मुल्य पर्ने सामाग्रिहरु पनि प्रयोग नगरेको अबस्था छ । त्यस कारण नबिनतम शैक्षिक बिधिको प्रयोग गर्न सामागी्रहरुको अभाव रहनु एक समस्या हो ।
४) तलिमको प्रभावकारिता
शिक्षकहरुलाई पुर्व सेवाकालिन तथा सेवाकालिन र पेशागत क्षमता बिकास जस्ता तालिमहरु संञ्चालित छन् । यस्ता तालिमहरुको तालीम कक्षा र बास्तबिक कक्षा को वातावरण नितान्त फरक छ । तालिमको मोड्युल र सामाग्रीहरुको उपयुक्तता हनुपर्दछ । कक्षाकोठामा कसरी शिक्षण गर्ने भन्ने सिप नसिकाएर यो यो गर्नु भन्ने बिर्देशनात्मक शैलिको तालिम दिने तरिकाले ब्यबहारमा कसरी शिक्षण गर्ने भन्ने बिशेषज्ञले मोडेल कक्षा नलिने गरेकोले शैद्धान्तिक ज्ञानलाई ब्यबहारिक बनाउन नसकिने कुरा शिक्षकहरुले ब्यक्त गर्नुभयो ।
५) बिद्यार्थी संख्या र अनिमितता
शिक्षा नियमावलि २०५९ अनुसार प्रतिकक्षा तराई र उपत्यकामा ५० जना पहाडमा ४५ जना र हिमालमा ४० जना बिद्यार्थि तोकेको छ । तर बास्तबिकता फरक छ । एक कक्षामा ८० जना सम्म राखेर पढायको प्रत्येक्ष देखियो । यसबाट प्रत्येक बिद्यार्थिको ब्यक्तिगत क्षमताको आधरमा शिक्षण गर्न सकिदैन । अर्काे समस्या बिद्यार्थी नियमित रुपमा उपस्थित नहुने गरेको पाईयो । यसरी बिद्यार्थीको अनिमितता र बढि संख्याले पनि बिद्यार्थी केन्द्रीत शिक्षण गर्न समस्या रहेको छ ।
६)अनुगमण तथा सुपरिबेक्षण
प्रत्येक गणित शिक्षक को कक्षा समय समयमा अनुगमण तथा सुपरिबेक्षण गर्नुपर्ने र सल्लाह सुझाव दिनुपर्ने हुन्छ । कुनै पनि शिक्षकको कक्षा अनुगमण र सुपरिबेक्षण नगरेको पाईयो । यो पनि एक ठुलो समस्या र सरोकारवालाको हेरचक्राई रहेको छ ।
निस्कर्ष
बिद्यालय तहको गणितलाई ब्यबहारीक रुपमा खेलबिधिको प्रयोग गरि सृजनात्मक क्षमताको बिकास गर्न शिक्षकले अपनाउनु पर्ने कक्षा क्रियाकलापको महत्वपुर्ण भुमिका रहन्छ । बिद्यार्थी केन्द्रीत शिक्षण बिधिहरुको प्रयोग गर्नु पर्दछ । यस्तो बिधिबाट सृजनात्मक कार्य गर्दा गदै गणित बिषय प्रति बिद्यार्थी आर्कषण गरि गणितिय लत बसाल्नु पदर्छ । गणित गारो बिषय होईन यो त दैनिक ब्यबहारको अभिन्न अंग हो भन्नेकुरा प्रत्येक बिद्यार्थीको मानसपटलमा अमिट छाप पार्नु पर्दछ । अतः गणित बिषयको नतिजा सुधार गर्न प्रतिफल भन्दा प्रक्रियामा ध्यान दिनुपर्दछ । यो कार्य शैक्षिक प्रणालीको मेरुदण्ड हो । यो कार्य शिक्षकको दायित्व हो ।
सुझावहरु
गणित शिक्षणमा प्रबिधिहरुको कक्षाकोठामा प्रयोगको अबस्थामा सुधार गर्न, कमजोर नतिजा लाई सुधार गर्न, ब्यबहारक , बास्तबिक र जीवनउपयोगी ज्ञान प्राप्त गरि कुशल र दक्ष जनशक्ती उत्पादन गर्न सरोकार वालाले निम्न कार्य हरु गर्नु पर्दछ ।
१) शिक्षकले खोज, अनुसन्धान, अध्ययन गर्ने र आफुले पढाउने पाठको पुर्ब तयारी र पुर्बपरिक्षण गर्नु पर्दछ ।
२) बर्तमान बिश्वब्यापिकरणको युगमा ईमेल ईन्टरनेटको प्रयोग गर्ने प्रचलित रणनितिहरुको प्रयोग गर्ने ।
३) बिद्यार्थीको रुचि चहाना ईच्छा र स्तर तथा उपलब्ध सामाग्री र पाठ्यबस्तुको साथै सिकाईको पुर्बज्ञान आदिको आधारमा

योजना बद्ध शिक्षण गर्ने ।
४) बिद्यार्थीलाई नियमित रुपमा उपस्थित गर्ने ।,
५) प्रति शिक्षक साप्ताहिक २४ पिरियडमात्र वा कम कक्षा लिन मिल्ने नियमहरु तयार गर्ने ।
६) तालिमलाई ब्यबहारिक बनाउने र नियमित पेशागत क्षमता बिकास गर्ने ।
७) सम्बन्धित निकायबाट अनुगमण र सुपरिबेक्षण गर्ने सुझव दिने र मोडेल कक्षा लिने ।
८) बिद्यालय बातावरण शिक्षण सिकाई मैत्रि बनाउन अभिभावक बिद्यर्थी र शिक्षकले आ–आफ्नो दायित्व पुरा गर्ने
सन्दर्भ सामाग्री
अधीकारी, विश्वमणि९२०६५० ,गणित कसरी सिक्ने, काठमान्डौ ः प्रशान्ती प्रकाशन ।
खत्री, तिलकबहादुर “गणित प्रयोगशालाको आवश्यकता” शैक्षिक दृष्टिकोण स्मारिका,जाजरकोटः जिल्ला शिक्षा कार्यालय जाजरकोट, २०७३ ।
खत्री, तिलकबहादुर “शैक्षिक गुणस्तर सुधारका उपायहरु” अखिल आवाज,जाजरकोटःअखिल क्रान्तिकारी जिल्ला समिति जाजरकोट, २०७३ ।
पण्डित, रामजीप्रसाद९२०६९०,गणित शिक्षण, काठमान्डौ ः ईन्दिरा पण्डित ।
पण्डित, रामजीप्रसाद९२०७१०,गणित शिक्षाको आधार, काठमान्डौ ः ईन्दिरा पण्डित ।
शर्मा, चिरणजिबि र निर्मला ९२०७१० ,शैक्षिक बिधि, काठमान्डौ ः एम के पब्लिकेशन एण्ड डिस्टीब्युटर ।

Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *